मन्दिरा अधिकारी
हरेक मानिस जन्मदाँ स्वतन्त्र हुन्छ। तर, जन्मपछि भने अनेकाैँ कुरामा बाँधिन्छन्, परिचयमा थुप्रै कुराहरू जाेडिन्छन्। त्यसमाथि अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्याताहरुले हाम्रो नेपाली समाजमा धेरै विभेदहरू छन्। जसमध्ये एक हाे, जातीय विभेद। विद्यामान नेपाली समाजले विकासका नाममा जति नै गगनचुम्बी महलको निमार्ण गरे पनि जातीय विभेदबीच रहेको पर्खाल ढाल्न भने सकेको छैन।
नेपालको संविधानले जातीय भेदभाव र छुवाछुतलाई गम्भीर अपराध मानेको छ। संविधानको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हकअन्तर्गत उपधारा ९१० मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ।
यस पूर्वको नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२९१० ले पनि प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने (जीवन रक्षाको) अधिकार प्रदान गरेको थियो। सोही धाराको उपधारा ९२० मा कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन भन्ने उल्लेख छ।
छुवाछुत र भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको सामानता, स्वतन्त्रा र मानवीय मार्यादा साथ बाच्न पाउने हकको संरक्षण गर्ने व्यवस्था संविधानमा नै गरिएको छ।
तर, नेपाली समाजमा यस्ता विभेदका घटनाहरु धेरै हुँदै आएका छन्। त्यस्ता कतिपय घटना सार्वजनिक हुन्छन् त कतिपय घटना सार्वजनिक हुँदैनन्। जातीय पहिचानको आधारमा व्यक्तिलाई भेदभाव गर्ने कार्यले ‘तल्लो जात’का नागरिक पीडित हुँदै आएका छन्। यस्ता घटना वर्षेनी सार्वजनिक हुनुले जातीय विभेद अन्तयका लागि तर्कसङगत रुपमा सोच्ने तुल्याएको छ।
पछिल्लो दश वर्षमा धेरै मानिस जसले जातककौ कारण आफ्नाे ज्यान गुमाएका छन्। कोही अन्तरजातीय विवाह गरेकोमा मारिए भने कोहीले मायाको नाममा ज्यान फाले। तर, कोही व्यक्ति भने कथित ‘ठुला जात’को चुलो छोएको निहुँमा समेत मारिए भने कोहीको बलात्कारपछि हत्या गरियो।
०६८ मा कालिकोटका जयवीर टमाटा जसले समाजले छुटाएको विभेदबाट उठेर अन्तरजातीय विवाह गरे। तर, यही विवाह उनको मृत्युको कारक भयो। त्यसतै कालिकोटकै मनवीरे सुनारको ‘माथिल्लो जात’को चुलो छोएको निहुँमा कुटपिटबाट हत्या भयो।
यससँगै दैलेखका सेतो दमाईले पनि अन्तरजातीय प्रेम गरे तर उनको प्रेमले फुल्ने मैका पाएन सेतोले पनि ज्यान गुमाए। सप्तरीका शिवशंकर दासले पनि अन्तरजातीय विवाह गरे तर उनको प्रेम पनि टिक्न सकेन, शिवशंकरले पनि जीवनबाट बिदा लिए।
०६९ मा बर्दियाका रामबहादुर सार्कीले कथित माथिल्लो जातीको गिलास छोएको निहुँमा ज्यान गुमाउनुपर्यो। ०७० मा तनहुँका संगीता परियारको र ताप्लेजुङको झुमा वि.कको मृत्यु भयो। जसको मुख्य कारण थियो, जातीय विभेद।
यस्तै ०७१ मा पर्वतका राजेश नेपालीले दाल छोएको निहुँ आफनो ज्यान गुमाए। ०७३ मा झापाकी अस्मिता कार्की र ईश्वर भट्टराईले प्रेम गरे तर उनीहरुको सफल हुन सकेन, दुवैले ज्यान गुमाए।
काभ्रेका अजित मिजार जसले आफ्नाे प्रेमलाई विवाहमा परिणत गरे। कोही दिन अजित गाँउबाट हराए तर कोही दिनपश्चात अजितको झुन्डिएको शव भेटियो। उनको प्रेम पनि आधूरो रह्यो।
यस्तै काभ्रेकै लक्ष्मी परियारले बोक्सीको आरोपमा आफनो ज्यान गुमाइन्।
०७५ मा कालिकोटकी मना सार्कीले जातीय विभेदबाट ज्यान गुमाइन। कैलालीका माया विक, कास्कीको श्रेया सुनार र धनुषाको दितिय रसाइली बलात्कारपछि हत्या भयो। तर, हालसम्म पनि उनीहरुले न्याय पाउन सकेको छैन। उनीहरुको परिवार अझै पनि न्यायको पखाईमा रहेका छन्। यसैगरी उदयपुरकी संगीता विश्वकर्माले पनि अन्तरजातीय प्रेमकै कारण आाफ्नाे ज्यान गुमाइन्।
०७७ मा पश्चिमरुकुमका नवराज वि.कले अन्तरजातीय प्रेम गरे। यही प्रेमलाई विवाहमा परिणत गर्न उनी उनका साथीहरुसहित प्रेमीकाको घर पुगे।तर, उनले अन्तरजातीय प्रेमको बदलामा आफूसहित सन्दीप विक, लोकेन्द सुनार, गणेश बुढा, गोविन्द शाही र टीकाराम सुनारले ज्यान गुमाउनु पर्यो।
बझांगकी सम्झना कामी र उदयपुर जसले पनि बलात्कारपछि ज्यान गुमाएकी थिइन्। भने, उदयपुरका सुमन विक अन्तरजातीय प्रेमका कारण ज्यान गुमाए। उदयपुरकी अंगिरा पासीले आफूमाथि भएको बलात्कारपछि आत्माहत्या गरिन्। कैलालीकी निर्मला पहराइ, तनँहुकी सुकु परियार, गोरखाका घनश्याम बोगटी, र सिरहा श्यामलाल रामले अन्तरजातीय प्रेम गरे तर उनीहरुले आफ्नाे ज्यान समेत गुमाए।
यस्तै, ०७८ मा चितवन भीमबहादुर विश्वकर्मा, सिरहाका सावित्रिकुमारी महरा, सप्तरीको सन्तलाल पासवानले पनि जातीय विभेदबाट आफ्नाे ज्यान गुमाउनुपर्यो। भने, भोजपुरका संगम ठटाल, सप्तरीका ज्योति पासवान, अर्घाखाँचीका सिर्जन सुनावर, सुर्खतका मैसरा परियार, कास्कीकी बिना विक, गोरखाका प्रेम प्रवीन विक तथा नुवाकोटको मीरा परियारले अन्तरजातीय प्रेमका कारण आफनो ज्यान गुमाए। उनीहरुले प्रेम त गरे तर उनीहरुले यो जानेनकी यही प्रेमले उनीहरुको ज्यान जानेछ।
नेपालको मानवअधिकार स्थितिको दुवै (सन् २०११ र २०१५) विश्वव्यापी आवधिक समीक्षामा पनि जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि गम्भीरतापूर्वक काम गर्न महत्त्वपूर्ण सिफारिस गरिएका थिए। जातीय भेदभावविरुद्धको महासन्धिअन्तर्गतको समितिले जारी गरेका पछिल्ला (सन् २०१८) आफ्ना सिफारिसहरूमा पनि अन्तरजातीय विवाहको नाउँमा भइरहेको हिंसा अन्त्यका लागि अनुसन्धान र अभियोजनलाई प्रभवकारी बनाउन भनेको थियो। तर, पनि जातीय विभेद अन्तय हुन सकेकाे छैन।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया