अमेरिकामा ८ वर्षीय बालकले चलाएको गोली लागेर एक जनाको मृत्यु

abcnews.go.com

फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको गोली लागेर एक बच्चाको मृत्यु भएको छ। गोली लागेर सानो बहिनी घाइते भएकी छिन्। आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ। 

उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ। उनमाथि लापरवाही गरेको र गैरकानूनी ढंगले बन्दुक राखेको तथा   प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाइएको एस्केम्बिया काउन्टी शेरिफ चिप सिमन्सले बताए। 

उक्त वियोगान्त घटना एउटा होटलमा भएको थियो। आपराधिक रेकर्ड भएका रोडिकले होटलमा आफ्ना छोरा लगेका थिए भने उनकी प्रेमिकाले दुई वर्षीय जुम्ल्याहा र एक वर्षकी छोरी साथमा लगेकी थिइन्।

घटनाबारे प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार रान्डल आफ्नो हतियार कोठामा छोडेर बाहिर गएका थिए। उनी बाहिर गए पछि छोराले  त्यसलाई बाहिर निकालेर आमा सुतिरहेको बेला खेल्न थालेका थिए।

‘बालकले खोलबाट बन्दुक तानेर खेल्ने क्रममा एक वर्षको बच्चामा फायर गर्छ।  अन्ततः एक वर्षको बच्चालाई मार्छ। त्यसपछि फेरि गोली चल्छ  । उनको गोली लागेर दुई वर्षको बच्चा मध्ये एक घाइते भएका छन्’, पत्रकार सम्मेलनमा प्रहरीे भन्यो।

प्रकाशित मिति: : 2022-06-29 07:58:00

प्रतिकृया दिनुहोस्