अमेरिकी राष्ट्रपति बाइडेनलाई रुसमा प्रतिबन्ध

File Photo
File Photo

अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी र छोरीलाई रूस भ्रमणमा प्रतिबन्ध लगाइएको छ।

मस्कोले अन्य २३ अमेरिकीलाई पनि यात्रामा प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले मंगलबार जनाइएको छ।

रुसी राजनीतिक र सार्वजनिक व्यक्तित्वविरुद्ध लगातार विस्तार भइरहेको अमेरिकी प्रतिबन्धको प्रतिक्रियाको रूपमा २५ अमेरिकी नागरिकलाई ’स्टप लिस्ट’मा थपिएको मन्त्रालयले सूचीसँगै रहेको नोटमा जानकारी दिइएको छ।

सूचीमा मेनका सुसान कोलिन्स, केन्टकीका मिच म्याककोनेल, आयोवाका चार्ल्स ग्रास्ले, न्यूयोर्कका कर्स्टन गिलिब्रान्डलगायत धेरै अमेरिकी सिनेटर रहेका छन्।

यसमा धेरै विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ता र अमेरिकी सरकारका पूर्वअधिकारी पनि सामेल रहेका छन्।

प्रकाशित मिति: : 2022-06-28 17:58:00

प्रतिकृया दिनुहोस्