हुम्ला र डाेल्पामा एक सातादेखि हवाइ सेवा ठप्प

File photo
File photo

हुम्ला, डोल्पामा एक सातादेखि नियमित हवाइ सेवा हुन सकेकाे छैन। मौसमयमा आएको खराबीका कारण हवाइ उडान बन्द भएको हो। 

दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासंघका सचिव लेखबहादुर बुढाले बताए। सडक सञ्जलसँग नजोडिएको हुम्लाका सर्वसाधारण महङ्गाे र जाेखिम माेलेर यात्रा गर्न बाध्य छन्।

सार्केगाड-४ का मनबहादुर रोकायले मंगलबार बिहानदेखि कर्णालीमा थप माैसममा परिवर्तन भएकाले हवाइ सेवा अझै केही दिन ठप्प हुन सक्ने बताए। सुर्खेत र नेपालगन्जबाट हुम्लाको लागि उडान हुँदै आएको छ। यहाँ निजी कम्पनीले जहाजले उडान भर्दै आएका छन्।

नियमित उडान नहुँदा औषधि उपचारदेखि अन्य काममा समेत समस्या हुँदै आएको छ। उडान नहुँदा सिमकोटमा पसलहरू खाद्यन्न अभाव र महङ्गी बढेकाे छ।

प्रकाशित मिति: : 2022-06-28 13:48:00

प्रतिकृया दिनुहोस्