सोनिया गान्धीका निजी सचिवविमाथि बलात्कार आरोप

बिएल संवाददाता

नयाँ दिल्ली
फाइल तस्विर। सोनिया गान्धी
फाइल तस्विर। सोनिया गान्धी

भारतमा कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ। एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन्।

दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन दिएको पीडितले माधवनविरुद्ध आरोप लगाएकी छन्।

पीडितलाई कथित रूपमा बलात्कार गरेको र घटनाबारे सार्वजनिक गरेमा आरोपितले गम्भीर परिणाम भोग्ने धम्कीसमेत माधवनले दिएको एक प्रहरी अधिकारीले बताएका छन्।

– एजेन्सी

प्रकाशित मिति: : 2022-06-28 07:39:00

प्रतिकृया दिनुहोस्