जापानका ३ करोड ७० लाख मानिसलाई भनियो– बिजुली कम प्रयोग गर्नू

File photo
File photo

जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ। तापमानसँगै आपूर्तिमा असर पर्ने सरकारले चेतावनी समेत दिएको छ। 

अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले स्थानीय समयअनुसार सोमबार अपराह्न विद्युतकाे माग ‘गम्भीर’ हुने जनाएको छ। मानिसहरूले अनावश्यक बत्तीहरू बन्द गर्नुपर्ने र गर्मीबाट बच्न वातानुकूलित प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ। 

तापमान बढेसँगै उर्जा संकट हुने अधिकारीहरूले चेतावनी दिएका छन्। टोकियो र वरपरका आठ प्रिफेक्चरहरूमा सोमबार दिउँसो बिजुलीको लागि अतिरिक्त उत्पादन क्षमता ३ दशमल ७ प्रतिशतले अपेक्षा गरिएको मन्त्रालयले आईतबार एक विज्ञप्तिमा जनाएको थियो। 

विद्युत प्रदायकहरूले आपूर्ति बढाउन काम गरिरहेका र तापमान बढ्दै जाँदा स्थिति ‘अनपेक्षित’ भएको मन्त्रालयले जनाएको छ। 

जापानको उत्तरपूर्वी क्षेत्रमा मार्च महिनामा गएको भूकम्पका कारण केही आणविक उर्जा केन्द्रहरु प्रभावित हुँदा बिजुली आपूर्तिमा कडाइ गरिएको छ। 


 

प्रकाशित मिति: : 2022-06-27 11:38:00

प्रतिकृया दिनुहोस्