शिकागोमा गोलाबारी, एक जनाको मृत्यु

File Photo
File Photo

शिकागोको एउटा गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना  घाइते भएका छन्।

गोली लागेर एक जनाको मृत्यु भएको र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ।

संदिग्ध आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आक्रमणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन ल्याउने तयारी भइरहेका बेला पछिल्लो हमला भएको हो।

बन्दुक नियन्त्रण सम्बन्धी विधेयक अमेरिकी माथिल्लो सदन सिनेटबाट पारित भइसकेको छ। तल्लो सदनबाट पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यो कानुन बन्नेछ। 

प्रकाशित मिति: : 2022-06-26 06:42:00

प्रतिकृया दिनुहोस्