धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ८३ करोड

सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका रहेको धनगढीले आगामी आर्थिक बर्षका लागि एक अर्ब ८३ करोड बजेट प्रस्तुत गरेको छ।

शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै उप प्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ खा २४ हजार बराबरको बजेट प्रस्तुत गरिन्।

आन्तरिकतर्फ २६ करोड ८८ लाख ४६ हजार र अन्य बजेट संघ र प्रदेशको अनुदानबाट प्राप्त हुने उपप्रमुख रानाले बताइन्।

प्रकाशित मिति: : 2022-06-24 16:02:00

प्रतिकृया दिनुहोस्