नेस्डो समृद्ध लघुवित्तले मर्जर तथा प्राप्तिको प्रस्ताव राख्दै एजीएम

File photo
File photo

नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३१ असारमा वार्षिक साधारण सभा बस्ने भएको छ। सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरूसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेस गर्नेछ। 

सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ। यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिँदैैछ। 

सभा कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा दिउँसो १ बजे सुरु हुनेछ। आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरिनेछ। आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ।

सभाका लागि कम्पनीले २३ देखि ३१ असारसम्म बुक क्लोज गर्ने जनाएको छ। २२ असारसम्म कायम लगानीकर्ताले सभामा भाग लिन सक्नेछन्।नेस्डोले गत ११ देखि १५ फागुनसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आठ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो।

प्रकाशित मिति: : 2022-06-24 12:40:00

प्रतिकृया दिनुहोस्