अमेरिकाका नेपालीका लागि जुन २८ निर्णायक, लेख्लिन् त सराहनाले नयाँ इतिहास ?

बिएल संवाददाता

न्युयोर्क अमेरिका

अमेरिकामा एम्पायर स्टेट भनेर चिनिने न्युयोर्क राज्यको स्टेट एसेम्बेलीका लागि डेमोक्रेटिक उम्मेद्वारी जित्न प्रयत्न गरिरहेकी नेपाली चेली सराहना श्रेष्ठको निर्वाचन क्षेत्रमा अर्लि भोटिङ जारी छ । जुन १८ देखि सुरू भएको अर्ली भोर्टिङ जुन २७ सम्म जारी रहने छ भने जुन २८ मा इन-पर्सन भोटिङ हुनेछ। 

निर्वाचन सकिएको केही घण्टामै उनी अल्वानी पुग्ने वा नपुग्ने  फैसला हुने छ । डेमोक्रेट्स बहुल न्युयोर्कको १०३ डिस्ट्रिक्टमा उनले डेमोक्रेटिक प्राइमरी जितिन भने नोभेम्बर ८ मा हुने निर्वाचन उनका लागि औपचारिकता मात्र हुने छ । उनका लागि अल्बानीको बाटो खुल्ने छ।

तर, सराहनाका लागि प्राइमरी सहज छैन । उनी तीन दशकदेखि एसेम्बेली सदस्य रहेका सँगको कडा चुनावी प्रतिस्पर्धामा छिन् ।

अमेरिकाको  न्युयोर्क राज्यको डिस्ट्रिक्ट १०३ बाट एसेम्बेली सदस्यको डेमोक्रेटिक  उम्मेद्वारीका लागि  चुनावी मैदानमा होमिएकी  नेपाली चेली सराहना श्रेष्ठको भविष्यको निर्णय हुदैछ । जुन १८ देखि जारी अर्ली भोटिङको ट्रेन्ड हेर्दा उनको पक्षमा इतिहास लेखिने सम्भावना बढ्दो छ ।   

उनी डेमोक्रेटिक पार्टीमा बर्नी स्याण्डर्सलाई नेता मान्ने  सोसलिस्ट खेमासँग जोडिएकी छिन् । उनको उम्मेद्वारीलाई त्यो खेमाकी धरोहर मानिएकी न्युयोर्ककी कंग्रेसवुमन एओसीलगायतका नेताहरूले इन्डोर्समेन्ट दिएका छन् । 

डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति उम्मेद्वारका आकांक्षी बर्नी स्याण्डरस्ले ६३ प्रतिशत मत पाएको यो डिस्ट्रिक्ट डेमोक्रेटिक सोसलिस्टहरूको राम्रो पकड भएको क्षेत्र मानिन्छ ।  सराहना त्यही खेमाका तर्फबाट डेमोक्रेटिक संस्थापन पक्षका उम्मेद्वारविरूद्ध चुनावी मैदानमा उत्रिएकी छिन् । न्युयोर्कमा डेमोक्रेटिक संस्थापन पक्षका एक जानेमाने डेमोक्रेट सांसद केभिन काहिलसँग हुँदैछ। ४१ वर्षीय सराहनाको उमेरजतिकै समय राजनीतिमा बिताएका उनी सन् १९९९ देखि सांसद रहदै आएका छन् ।

डेमोक्रेटिक पार्टीको गढ मानिएको यो क्षेत्रमा प्राइमरी जित्नेले नोभेम्बर ८ मा हुने जनरल इलेक्सन पनि  सजिलै जित्छ। विरूद्ध सुनामी ल्याएर राष्ट्रिय राजनीतिमा उदाएकी एओसीको पदचाप सराहनाले पछ्याउने सम्भावना बढेर गएको स्थानीय मिडियाहरूले प्रक्षेपण गरेका छन् । 

सराहनाको पक्षमा परिणाम आउने सम्भावना बढ्दै गए पनि  अहिले नै यसै भन्न सकिने स्थिति छैन । तर,  जे भए पनि जसरी दर्शन रौनियारको नाममा यो प्रयास गर्ने पहिलो नेपालीका रूपमा इतिहास लेखियो, सराहनाका नाममा पनि यो श्रृङ्खलाको पहिलो नेपाली अमेरिकी महिलाका रूपमा इतिहास लेखिने निश्चितप्राय: छ।

 

प्रकाशित मिति: : 2022-06-24 01:28:00

प्रतिकृया दिनुहोस्