बेँसीसहर–चामे सडक वैकल्पिक माध्यमबाट सन्चालन

शनिबार रातिदेखिकाे अविरल वर्षाका कारण आएको पहिराले अवरुद्ध बेँसीसहर चामे सडक सञ्चालनमा आएको छ। 

अवरुद्ध भएकाे बेँसीसहर नगरपालिका-६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीसहर-बाझाखेत खुदी सडकको प्रयोग गरी सोमबार बिहान ११ बजेदेखि सवारी आवतजावत भएकाे डुम्रे-बेँसीशहर चामे सडकका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताए। 

वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको इस्काभेटरले माटो सम्माएर मिलाउँदै सवारी सञ्चालन गरिएको छ। मनाङ जाने एक मात्र बेँसीसहर-चामे सडक अवरुद्ध हुँदा मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीयले सास्ती खेप्नुपरेको छ।

प्रत्येक वर्ष खरखरेको पहिरोले सडक अवरुद्ध गर्दा आवतजावतमा समस्या हुने गरेको मर्स्याङ्दीका जीवन भण्डारी बताउँछन्।

प्रकाशित मिति: : 2022-06-20 17:06:00

प्रतिकृया दिनुहोस्