कतारमा कार्यरत महिला श्रमिकका लागि स्वास्थ्यसम्बन्धी जनचेतना

Photograph: Stock Connection/REX

कतारमा कार्यरत महिला श्रमिकका लागि एकदिन महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ।

गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा  अयोजित कार्यक्रममा त्यहाँ स्थित नेपाली महिलाहरुले भोग्नु पर्ने समस्याको बारेमा छलफल भएको थियो।

कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना गर्न सुझाव दिएका छन्। उनले आगामी दिन नेपाली दूतावासले नेपाली समुदायसँग सहकार्य  गर्दै अगाडि बढ्न्ने प्रतिवद्धता जनाएका छन्। 

 स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले विभिन्न देशहरुमा नेपालीको आत्महत्या बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै मानसिक स्वास्थ्य जनसचेतनाको खाचो भएको बताएका छन्।

एनआरएनए कतारका अध्यक्ष महोम्मद मुताफाले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त दिदैं गैरआवासीय नेपाली संघले आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

 एनआरएनए स्वास्थ्य समितिका मध्यपूर्व संयोजक डा. नितेश अर्याल, गाइनोलोजिस्ट डा सुमित्रा थापाले महिलाको स्वास्थ्य सम्बन्धी  जानकारी दिएका थिए।
 

प्रकाशित मिति: : 2022-06-20 06:39:00

प्रतिकृया दिनुहोस्