सुनको मूल्य ३०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ।

नेपाली बजारमा आइतबारको तुलनामा सोमबार तोलामा ३०० रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ।

चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ।

प्रकाशित मिति: : 2022-06-13 11:42:00

प्रतिकृया दिनुहोस्