सुनको मूल्य ३०० रुपैयाँले घट्यो

File photo
File photo

सुनको मूल्य शुक्रबार ३०० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ९८ हजार रहेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ९७ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ। तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेको महासंघले जनाएको छ।  

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2022-06-10 11:16:00

प्रतिकृया दिनुहोस्