रुसले नियन्त्रणमा लिएका ब्रिटेनका दुई र मोरक्कोका एक नागरिकलाई 'मृत्युदण्डको सजाय'

Reuters
Reuters

स्वघोषित 'डोनेट्स्क गणराज्य'को रुसपक्षधर विद्रोहीहरूको नेतृत्वमा रहेको अदातलले ब्रिटेनका दुई र मोरक्कोका एकजना नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी सरकारी समाचार संस्था आरआइएएनले जनाएको छ।

युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला उनीहरू कब्जामा परेका थिए।

अन्तर्राष्ट्रिय मान्यता नपाएको उक्त स्वघोषित अदालतका अध्यक्षले उनीहरूले महिनादिनभित्र सजायबारे पुनरावेदन गर्न सक्ने बताएका छन्।

यूके सरकारले आफ्ना नागरिकहरूलाई दिइएको मृत्युदण्डप्रति 'गहिरो चासो' व्यक्त गरेको डाउनिङ्ग स्ट्रीटले जनाएको बीबीसीमा उल्लेख छ।

'हामीले युद्धबन्दीलाई राजनीतिक उद्देश्यका लागि दुरूपयोग गरिनुहुन्न भनेर बारम्बार भनिरहेका छौँ,' प्रधानमन्त्री बोरिस जोनसनकी एकजना प्रवक्ताले बताएका छन्।

ती प्रवक्ताले जिनिभा महासन्धि अन्तर्गत युद्ध बन्दीहरूलाई युद्धमा सहभागी भएको कारण अभियोजन चलाउन नमिल्ने जनाएका छन्।

ब्रिटिश विदेशमन्त्री लीज ट्रसले उक्त फैसलालाई 'कुनै वैधता नभएको बनावटी निर्णय' बताएकी छन्।

रुसले उक्त पृथकतावादी क्षेत्र र 'लुहान्स्क गणराज्य'लाई फ्रेबुअरीमा युक्रेनमा हमला सुरु गर्नुअघि मान्यता दिएको थियो।

डोनबास क्षेत्रमा पूर्वी भेगका डोनेट्स्क र लुहान्स्क पर्छन्।

प्रकाशित मिति: : 2022-06-10 06:15:00

प्रतिकृया दिनुहोस्