को हुन् यी सुन्दरी, जो गगन थापाविरूद्ध भिड्दैछिन् ?

स्थानीय तहको निर्वाचनमा गोपाल हमाल, बालेन शाह, हर्क साम्पाङलगायतका केही स्वतन्त्र उम्मेद्वारले सहरी क्षेत्रबाट चुनाव जितेपछि आउँदो संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको  बाढी नै आएको छ। यही बाढीमा बग्दै आइपुगेकी छिन्, राधा पोखरेल। 

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष रहेकी पोखरेल सेयर सुन्दरीका रूपमा परिचित छिन्। उनै सेयर सुन्दरी राधाले काठमाडाैं–४ बाट आगामी संसदीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। 

काठमाडौं–४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो। थापा अझै पनि मतदाताबीच लोकप्रिय छन् र उनीसँग प्रतिस्पर्धा गर्न जो कोही पनि सजिलै तयार हुँदैनन्। तर, यी सेयर सुन्दरी भने अपवादमा देखिएकी छिन्।

वाम राजनीतिक नेताहरूसँगै राम्रै उठबस भएकी राधाले कुनै वामपन्थी दलबाट उम्मेदवारी पनि लिन सक्छिन्। तर, उनलाई थाहा छ यसपटक स्वतन्त्रको हावा चलेको छ। उनी पनि त्यही हावामा हुरी भएर गगनलाई उडाउन चाहन्छिन्। 

यसो त नामले पनि 'राधा' यी सेयर सुन्दरी चर्चाप्रिय मानिन्छिन्। चर्चामा आउँन अलि बढी नै गर्छिन् भनेर उनका आलोचकहरू आरोप लगाउँछन्। 

उनको उम्मेदवारी घोषणा पनि चर्चाकै लागि हुन सक्ने उनीहरूको आशंका छ। उनीहरू यसो पनि भन्छन् कि  गगनको प्रतिस्पर्धी भनियो भने चर्चामा आइन्छ। 

राधाको परिचय एक सामाजिक अभियन्ताको पनि छ। उनले कोरोना, भूकम्प, बारा-पर्सामा गएको हावा–हुरी, बाढी पहिरोमा परेका पीडितलाई मन खोलेर सहयोग गरेकी थिइन्।

काठमाडाैंंका सहरी मतदाताबीच दलका नेताहरूप्रति वितृष्णा बढेको बेला पैसा पनि खर्च गर्न सक्ने यी सुन्दरीले चक्मा नदेलिन् भन्न सकिन्न। यसै पनि स्थानीय निर्वाचनमा गगनको निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन निराशाजनक नै देखिएको छ। यद्यपि, स्थानीय निर्वाचन र संघीय निर्वाचनका डाइनामिक्सहरू एकै किसिमका हुँदैनन्।

काठमाडाैंंका सहरी मतदाताबीच दलका नेताहरूप्रति वितृष्णा बढेको बेला पैसा पनि खर्च गर्न सक्ने यी सुन्दरीले चक्मा नदेलिन् भन्न सकिन्न। यसै पनि स्थानीय निर्वाचनमा गगनको निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन निराशाजनक छ।

यसो त काठमाडौं–४  एमालेको पकड भएको क्षेत्र मानिन्छ। स्थानीय निर्वाचनमा पनि एमालेले यो क्षेत्रका स्थानीय निकायमा ठूलो जीत निकालेको छ।

यसअघिको निर्वाचनमा यस क्षेत्रबाट एमालेका नेता डा. राजन भट्टराई गगन थापासँग पराजित भएका थिए। बाम एकता घोषणा गरिएको र एमाले र माओवादीको साझा उम्मेद्वार हुँदा पनि पराजित भएका डा. भट्टराई  यसपटक क्षेत्रबाट चुनावमा उठ्न जाँगर चलाइरहेका छैनन्। 

प्रस्तुत पृष्ठभूमीमा सेयर सुन्दरी राधाको उम्मेदवारीलाई सामान्य भन्न सकिन्न। यद्यपि, कहिलेकाँही यस्तै सामान्य हुन नचाहनेहरूले असामान्य परिणामा दिन्छन्।

वाम राजनीतिक नेताहरूसँगै राम्रै उठबस भएकी राधाले कुनै वामपन्थी दलबाट उम्मेदवारी पनि लिन सक्छिन्। तर, उनलाई थाहा छ यसपटक स्वतन्त्रको हावा चलेको छ। उनी पनि त्यही हावामा हुरी भएर गगनलाई उडाउन चाहन्छिन्।

प्रकाशित मिति: : 2022-06-10 20:13:00

प्रतिकृया दिनुहोस्