थाइल्यान्डले हटायो गाँजामाथिको प्रतिबन्ध

बिएल संवाददाता

थाइल्याण्ड
Getty Images
Getty Images

थाइल्याण्डले गाँजाको सेवन र खेतीलाई वैधानिकता दिएको छ। योसँगै  थाइल्याण्ड गाँजामाथि प्रतिबन्ध हटाउने एसियाकै पहिलो मुलुक बनेको हो।

थाइ सरकारले आज गाँजा खेतीलाई सम्बन्धितको स्वामित्वमा राख्ने कानुन बनाएको छ। गाँजामा भएको प्रतिबन्ध हटेसँगै थाइल्याण्डका युवा उत्साहित भएका छन्।

यसअघि थाइल्याण्डले गाँजालाई लागुऔषध भनेर प्रतिबन्ध लगाएको थियो। यद्यपि, सन् २०१८ मा औषधिको रुपमा प्रयोग गर्न खुल्ला गरिएको थियो।

कानूनमा भएको परिवर्तनसँगै अब त्यहाँका नागरिकले आफ्नो घरका गमला र खेतबारीमा गाँजा लगाउन पाउने छन्। गाँजाको प्रयोग खुल्ला गरेपछि मानव स्वास्थ्य र पर्यटन उद्योगमा फाइदा पुग्ने थाइ सरकारको विश्वास छ। 

थाइ सरकारले गाँजालाई नगदेबालीका रुपमा विकास गर्ने र गाँजाका परिकारको व्यापार गर्ने लक्ष्य राखेको छ। पछिल्लो समय नेपालमा पनि गाँजालाई वैधानिकता दिनुपर्ने माग उठ्दै आएको छ। 

आर्थिक, स्वास्थ्य र पर्यटकीय क्षेत्रमा गाँजा निकै उपयोगी र लाभदायी हुने जनाइएको छ।

प्रकाशित मिति: : 2022-06-09 21:39:00

प्रतिकृया दिनुहोस्