एनआरएनए युएईको अध्यक्षमा ठाकुर ढुंगाना र प्रमुख संरक्षकमा रमेश श्रेष्ठ

File photo
File photo

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी यूएईको अध्यक्ष ठाकुर प्रसाद ढुंगाना भएका छन्।

युएईमा रहेका संघ सँस्थाहरुको सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको एनआरएनए आइसिसिले जनाएको छ।

एनआरएनए एनसिसि युएईमा लामो समयदेखि देखा परेको विवाद अन्तत टुंगिएको छ। धेरै प्रयास र पहलपछि सर्व सहमतिका आधारमा नयाँ कार्यसमिति निर्माण भएको हो।  

केही दिनअघि मध्यपूर्व क्षेत्रीय संयोजक मनोजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाले ढुंगानाको नेतृत्वमा ५७ सदस्यीय नया कार्य समिति निर्विरोध चयन गरेको हो। अध्यक्ष ढुंगाना दुई कार्यकाल आईसिसि सदस्य रहिसकेका एनआरएनए अभियन्ता हुन्।

एनआरएनए एनसिसि युएईको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पासाङ रेन्जि शेर्पा,उपाध्यक्षहरुमा निरन्जन सिलवाल, विकास शाही, नर बहादुर सेन (नरेश सेन), जीवन दास, सुजन सापकोटा, शोभा शर्मा, मोहम्मद नुमान सिद्दिकी, रमेश ढकाल, केशव नेपाल, कृष्णप्रसाद पौडेल र कृष्ण ठाकुर चयन भएका छन् भने मदन अधिकारी युवा उपाध्यक्ष र सोनम श्रेष्ठ महिला उपाध्यक्षमा नियुक्त भएका छन्।

यस्तै दीपक खड्कालाई महासचिवको जिम्मेवारी दिइएको छ भने सचिवमा ताराबहादुर बोहोरा (एमडि), पुस्कर शर्मा सापकोटा,सुमन पराजुली, बिरेन्द्र नकर्मी, मुना सामसुन्ग ,राजेन्द्र रोस्यारा, निरञ्जन खत्री,फणीन्द्र ढकाल र कुमार लम्साल रहेका छन्।

यसैगरि बिष्णुलाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन भने रमेश गौतम र प्रकास थापा सह–कोषाध्यक्ष भएका छन्। यस्तै युवा संयोजकमा भिम मल्ल ठकुरी र महिला संयोजकमा रोमा अधिकारी चयन भएका छन्,भने युवा सह–संयोजकमा शम्भु पोखरेल र अपिल भट्टराई चुनिएका छन्। 

भेलाले एनआरएनए एनसिसि युएईका पूर्व अध्यक्ष समेत रहेका रमेश श्रेष्ठलाइ प्रमुख संरक्षकको जिम्मेवारी दिएको छ। आन्तरिक विवादका कारण एनसीसी यूएईको अधिवेशन पटक–पटक विथोलिएको थियो। विवादकै कारण झण्डै एक वर्षदेखि एनसीसी यूएई नेतृत्वविहीन रहन पुगेको थियो।

यसैगरि सदस्यहरुमा जनक पराजुली, मञ्जु मल्ल, नवराज श्रेष्ठ, तुलसीराम भुसाल, कृष सुनार, शेर सुनार, रंजन भुजेल, संरक्षण के.सी,संगम सिंह ठकुरी, शैलेन्द्र खडका, हर्क राई, राजन अधिकारी, प्रेम बहादुर शाही, जीवन सिंह ठकुरी, असार तामाङ्ग, कमल पोख्रेल, टी एन शर्मा, सुनिल कटवाल,रुप खत्री, सुमी गहतराज, बिजय लामा, सोनाम गुरुङ्ग, इन्द्रराज पौडेल, बसन्त बिष्ट, चेत नारायण भट्टराई चयन भएका छन्।

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष डा.बद्रि केसी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष धर्मराज अधिकारी,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मध्य पूर्व संयोजक मनोज कुमार श्रेस्ठ, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद युरोप सहसंयोजक ललित कुमार न्यौपाने,गैरआवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद  रसियाका अध्यक्ष शिवमणि भुर्तेल,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मध्यपुर्व सहसंयोजक राजु केसी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद निबर्तमान आईसीसी सदस्य ठाकुर प्रसाद ढुंगाना, गैरआवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद युएईका पुर्वअध्यक्ष रमेश श्रेस्ठ, गैरआवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद युएईका पुर्वअध्यक्ष सुदिप कार्की, जनप्रगतिशिल मंच मध्यपुर्वका सचिव हरी नेपाली,नेपाली जनसंपर्क समिति युएईका सभापति भवानी प्रसाद तिमल्सिना,नेपाली जनप्रगतिशिल मंच युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा,प्रवासी नेपाली एकता मंचका महासचिव टक गुरुंग,नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनाल,इनास युएई अध्यक्ष एमडी बोहोरालगाएतको उपस्थिती रहेको थियो।
 

प्रकाशित मिति: : 2022-06-09 17:54:00

प्रतिकृया दिनुहोस्