काठमाडाैं अवतरण हुनुपर्ने दुई जहाज दिल्ली ‘डाइभर्ट’

File photo
File photo

काठमाडाैंमा भएको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ।

भारतको दिल्लीबाट काठमाडाैंका लागि उडेका दुई वटा जहाज काठमाडाैंमा अवतरण हुन नसकेपछि पुन दिल्ली फर्किएका छन्।

विस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ।
 

प्रकाशित मिति: : 2022-06-08 17:30:00

प्रतिकृया दिनुहोस्