पब्जी खेल्न नदिएको झोकमा नाबालिगले गरे आमाको हत्या

पब्जी खेल्न नपाएपछि आक्रोशित १६ वर्षीय छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन्। त्यसपछि आमाको शवसँगै तीन दिनसम्म घरमै बसे। उनले १० वर्षीया बहिनीलाई पनि धम्की दिए र घरबाट बाहिर निस्कन दिएनन्। 

शव कुहिएपछि दुर्गन्ध फैलिन थालेपछि सेनामा अधिकारी पितालाई आफैंले फोन गरेर आमाको हत्या गरेको जानकारी दिए। पिताको जानकारीपछि मंगलबार राती प्रहरीले शवलाई घर बाहिर निकाले।

नवीन कुमार सिंह, मूल रूपमा वाराणसीका, सेनामा एक जुनियर कमिसन्ड अफिसर हुन्। उनको पोस्टिङ पश्चिम बंगालमा छ। लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा उनको घर छ। 

यहाँ उनकी श्रीमती साधना ९४० वर्ष० आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन्। छोराले मंगलबार राती बुबा नवीनलाई भिडियो कल गरेर आमाको हत्या गरेको बताए। उनले बुवालाई शव पनि देखाए। नवीनले एकजना आफन्तलाई तत्कालै फोन गरेर घर घर पठाए।

प्रहरीको दावी – मोबाइलमा गेम खेल्न रोक्दा, हत्या

एडीसीपी काशिम अब्दीका अनुसार छोरालाई मोबाइलमा गेम खेल्ने बानी थियो तर साधनाले उनलाई गेम खेल्नबाट रोकिन्। शनिबार राति पनि उनले छोरालाई गेम खेल्न दिएकी थिइनन्। 

त्यसैले छोरा आमासँग असाध्यै रिसाएका थिए। राति करिब २ बजेतिर साधना गहिरो निद्रामा थिइन्, उनले दराजबाट बुवाको पेस्तोल निकालेर आमाको हत्या गरिदिए। त्यसपछि बहिनीलाई धम्की दिएर सोही कोठामा थुनिदिए।

दाजुको डरले आमाको शवसँगै सुतिन् छोरी

मंगलबार राति प्रहरीले बाहिरी गेट खोल्दा घर भित्रबाट असह्य गन्ध आइरहेको थियो। नाकमा रुमाल बाँधेर प्रहरी भित्र पसेपछि साधनाको कुहिएको शव ओछ्यानमा पल्टिएको थियो। शव यति कुहिएको थियो कि अनुहार चिन्न गाह्रो भएको थियो। 

साधनाकी १० वर्षीया छोरी पनि त्यही कोठामा रुँदै थिइन्। प्रहरीले छोराले बहिनीकै अगाडि आमाको गोली हानी हत्या गरेको बताएको छ। जसका कारण उनी यति त्रसित भइन् कि दाइको आदेशमा आमाको शवसँगै सुतिरहिन्।

शवको छेउमा पेस्तोल थियो, म्यागजिन पूरै खाली थियो

प्रहरीले साधनाको शव नजिकै नवीनको लाइसेन्स पेस्तोल फेला पारेको छ। पेस्तोलको म्यागजिन पूरै खाली थियो। यसबाट थाहा हुन्छ कि छोराले म्यागजिनका सबै गोली आमामाथि दागेका थिए। तर, शव कुहिएकाले शरीरमा गोलीका निशानहरू देखिएनन्। 

प्रहरीले छोरालाई धेरै सोधपुछ गरे तर कति गोली चलाएको हो भनेर उनले भन्न  सकेनन्। यसका लागि प्रहरीले पोष्टमार्टम रिपोर्ट पर्खिरहेको छ।

बर्थ डेको राती पनि आमा–छोराबीच झगडा

यता प्रहरीले पनि साधनाले कुनै कुरामा रिसाएर छोरालाई लगातार प्रताडित गरिरहेको जानकारी दिएको छ। अक्टोबरमा छोराको जन्मदिन थियो। 

जन्मदिनकै राती छोराले आमाबारे यस्तै कुरा पितालाई गरेका थिए, यस विषयमा दुईबीच निकै विवाद भयो। त्यसपछि साधनाले लगातार छोरालाई प्रताडित गरिरहेकी थिइन्। 

घटना हुनु दुई दिन अघि १० हजार भारु चोरेको आरोप लगाएर छोरालाई निर्घात कुटेकी थिइन्। त्यतिबेला नै उनले आमाको हत्या गर्ने सोचेका थिए।

आमाको कुनै बानी छोराले अति नै घृणा गर्ने गरेको प्रहरीले जनाएको छ। यसबारे उनले आफ्नो बुबालाई धेरै पटक गुनासो पनि गरेका थिए। यति हुँदाहुँदै पनि आमाको व्यवहारमा कुनै परिवर्तन आएन। 

आमाको यस्तै बानीबाट हैरान भएर उनी एक वर्षअघि घरबाट भागेका थिए। यद्यपी त्यो कस्तो बानी थियो भनेर प्रहरीले केही बताएको छैन। अहिले प्रहरीले छोरालाई आफ्नो सुरक्षामा लिएर १० वर्षीया छोरीलाई नवीनका भाइलाई बुझाएको छ।
दैनिक भास्करबाट

प्रकाशित मिति: : 2022-06-08 12:36:00

प्रतिकृया दिनुहोस्