अमेरिकाका चर्चित र्‍यापर ट्र्बलकाे गाेली प्रहार गरी हत्या

Photo: Agency
Photo: Agency

ब्रिङ्ग इट ब्याक, रेडी, माइ ब्वाईजस्ता लोकप्रिय गीतका गायक/र्‍यापर ट्र्बललाई उनको जन्म सहर जर्जियाको एटलान्टामा आइतबार गोली प्रहार गरेर हत्या गरिएको छ।

सामाचारअनुसार एटलान्टाबाट करिब २० माइल टाढा उनको घरमा केही बदमासहरु जबर्जस्ती पसेर उनलाई गोली प्रहार गरेका थिए। त्यसको लगतै उनलाई अस्पताल लगिएको थियो जहाँ उनलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए।

रकडेल काउन्टी शेरिफका प्रवक्ता जेडिडिया केण्टिले जमिचेल जोन्स नामको एक व्यक्तिले गोली प्रहार गरेको पुष्टि गरिन। उनले भनिन,‘निज जोन्सविरद्ध वारेन्ट जारी गरेर खोजतलास भइरहेको छ।’

ट्र्बलको निधनपछि उनका फ्यानहरुले तोडफोड गर्न लागेपछि त्यहाँ सुरक्षा व्यवस्था कडा गरिएको छ। ४ नोभेम्बर १९८७ को दिन जर्जियाको एट्लाण्टामा जन्मेका ट्रबलको वास्तविक नाम मारियल सेमोण्टे हो।

उनका केही लोकप्रिय गीतहरुमा ब्रिक, रोयल्टी, माइट नट आदि हुन्।

प्रकाशित मिति: : 2022-06-07 17:37:00

प्रतिकृया दिनुहोस्