खाडीका लाखौं भारतीय किन डराइरहेका छन्, के भन्छन् उनीहरू?

Photo– Navbharattime
Photo– Navbharattime

भारतीय जनता पार्टी (बीजेपी)की राष्ट्रिय प्रवक्ता नूतुर शर्मा (३७)ले हप्ता दिनअघि मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरिन्। त्यसपछि खाडीका इस्लामिक देशहरू आगो बनेका छन्।

कतारको परराष्ट्र मन्त्रालयले भारतलाई माफी माग्न आग्रह गरेको छ। खाडी–भारत विवाद बढ्दै जाँदा बीजेपीले विवादित नेत्री शर्मालाई राष्ट्रिय प्रवक्ताबाट निलम्बन गरिसकेको छ। उनीसहित अर्का राष्ट्रिय प्रवक्ता नविनकुमार लिन्दललाई पनि पार्टीले कारबाही गरेको छ।

हालसम्म खाडी–भारत सम्बन्ध सौहार्दपूर्ण मानिन्छ। लाखौं भारतीय नागरिकहरू खाडीका विभिन्न कम्पनीमा काम गर्छन्। साउदी अरब, कतार, यूएईजस्ता देशमा भारतीय हिन्दू जनसंख्या ठूलो छ।

३५ लाखभन्दा बढी भारतीय यूएईमा काम गर्छन्। यो संख्या यूएईको कूल जनसंख्याको ३० प्रतिशत हो। त्यस्तै साउदी अरबमा पनि लाखौं भारतीयहरू काम गर्छन्।

पुणेका दिनेशकुमार साउदी अरबको राजधानी रियादमा बस्छन्। उनी भारतीय कतिपय हिन्दूवादी नेताको रबैया र गतिविधिबारे चिन्तित छन्।

साउदीको शासन प्रणालीमा आन्दोलन पूर्णरूपमा निषेध छ। आम–सञ्चारका पनि आफ्नै सीमा हुन्छन्। खाडीमा बाक्लो मुस्लिम जमात छ। मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद संसार ठान्छन्, उनीहरू। अपमान चाहदैनन्।

खाडीका भारतीय हिन्दू कामदारहरू साउदी अरब र पैगम्बर मोहम्मदको सम्बन्ध राम्रोसित जान्छन्। राजनीतिक चर्चाका लागि बेलाबेला चलाइने यस्ता विषयलाई कूतर्क मान्छन्।

साउदीमा भारतीयहरूको छवि राम्रो छ। उनीहरू हिन्दू–मुस्लिमको धर्म राजनीति गर्दैनन्। मजदुरी गर्छन्, घर–परिवार पाल्छन्। आफ्नो सपना पूरा गर्छन्।

गोवाका आर्मस्टांग वाज दोहामा बस्छन्। उनी पत्रकार हुन्। लाखौं प्रवासीको कथा–व्यथा दिनदिनै लेख्छन्। अनि भारतीय पत्र–पत्रिकामा छाप्छन्। 

कतारमा सबैभन्दा बढी भारतीय मूलका नागरिक छन्। खाडीको चर्को घाम सहेर बाँचिरहेका छन्, व्यापारीदेखि मजदुरसम्म।

‘जब भारतीय नेताहरू धर्मबारे आपत्तिजनक टिप्पणी गर्छन्, तब कतारजस्तो सानो देशका लाखौं भारतीयलाई सीधा असर पर्छ,’ उनी भन्छन्। बेलाबेला मच्चिे धार्मिक विवादले कतारका हिन्दू, सिख, मुस्लिम या इसाइलार्ई दुःखी तुल्याएको पत्रकार वाज बताउँछन्।

बिहारको औरंगाबादका श्यामकुमार दुबईस्थित एउटा भारतीय कम्पनीमा पोजेक्ट म्यानेजर छन्। उनी आफूलाई बीजेपी समर्थक भन्छन्। श्रीमतीसँगै बस्छन्। उनकी श्रीमती दुबईमा छठ पूजा गर्छिन्। समुन्द्रमा अघ्र्य दिन्छिन्।

सरकारी कार्यालयका महत्वपूर्ण सूचनाहरू पनि हिन्दी भाषामा लेखिन्छन्। खाडी देशमा हिन्दू–मुस्लिम भावनात्मक रूपमा मिलेर बसेको बताउँछन्, उनी। श्यामकुमार नूपुर शर्मा र खाडी देशको प्रतिक्रियाबारे पूर्ण जानकार छन्।

साउदी, कतार र कुवेतभन्दा भिन्नै मानिन्छ, यूएई। धार्मिक विवादबाट टाढा छ। भलै, ठूलो संख्यामा मुस्लिमहरू बसोबास गर्छन्। भारतीय नेत्री नूपुर शर्माविरूद्ध खाडीका प्रायः देशहरू आगो बनिरहेका बेला यूएई संलग्न छैन।

बीजेपीको धर्म राजनीतिले भारतीय अर्थव्यवस्थामा चोट पुग्नसक्ने चिन्ता व्यक्त गरेका गर्छन्, पूर्वपरराष्ट्रमन्त्री सलमान खुर्शीद। सत्ता प्राप्तका लागि देशको अर्थतन्त्र र परराष्ट्र नीतिलाई गम्भीर असर पार्ने खालको राजनीति त्याग्नुपर्ने उनी बताउँछन्।

यूएई र भारतबीच स्वतन्त्र व्यापार सम्झौता हुँदैछ। साउदी अरबले सन् २०१९ मा भारतमा पेट्रोकेमिकल, पूर्वाधार र रिफाइनरी एक सय अर्ब डदर लगानी गर्ने जनाइसकेको छ। भारतले हिन्दू–मुस्मिल घृणाको राजनीति गरेर यी स्वार्थ पूरा गर्न सक्दैन।

प्रकाशित मिति: : 2022-06-07 18:40:00

प्रतिकृया दिनुहोस्