इमरान खानको हत्या हुनसक्ने हल्ला : इस्लामावादमा उच्च सतर्कता

बिएल संवाददाता

इस्लामावाद
File Photo
File Photo

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या हुनसक्ने हल्लासँगै इस्लामाबाद प्रहरीले जताततै ‘हाइ अलर्ट’ जारी गरेको छ।

सञ्चारमाध्यमसँग एक प्रहरी प्रवक्ताका अनुसार जिल्लाभर धारा १४४ लागू गरिएको छ।

सार्वजनिक स्थानमा सभा–सम्मेलन गर्न प्रतिबन्ध लगाइएको छ। इस्लामाबादस्थित खानको निवास परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

पूर्वप्रधानमन्त्रीको हत्या हुने हल्ला फैलिएपछि भतिजा हसन नियाजीले इमरानमाथि कुनै किसिमको हमला हुनु सिङ्गो पाकिस्तानमाथि हमला हुनु हो भन्ने प्रतिक्रियासमेत दिएका छन्।

इमरान नेतृत्वको सरकारमा मन्त्रीसमेत रहेका फवाद चौधरीले हालैमात्र देशको सेक्युरेटी एजेन्सीले इमरानको हत्या गर्ने प्रयास गरिरहेको दाबीसमेत गरेका थिए।

चौधरीले अप्रिलमा पनि देशको सुरक्षा निकायले इमरान खानको हत्याको षड्यन्त्र गरिरहेको दाबी गरेका थिए।

प्रकाशित मिति: : 2022-06-05 15:25:00

प्रतिकृया दिनुहोस्