नेप्से ७ अंकले ओरालाे

File photo
File photo

नेपाली सेयर बजार नेप्से बुधबार ७ अंकले ओरालो लागेको छ।

नेप्सेमा बुधबार ७.१९ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २१ सय ३० दशमलव ७३ अंकमा पुगेर बन्द भएको छ। बुधबार नेप्सेमा सेन्सेटिभ इन्डेक्स १.१६ अंकले घटेर ४ सय १४.४७ अङ्कमा पुगेको छ।

नेप्सेमा ३० लाख २० हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा २ सय २७ कम्पनी सेयर कारोबार हुँदा ११४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने ९७ कम्पनीका सेयरधनीले गुमाएका छन्। 

नेप्सेमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट र एउटा  कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १२ रुपैयाँले बढेर १३९ रुपैया र मैलुङखोला जलव्यिुत् कम्पनीको सेयर मूल्य ४८ रुपैयाले बढेर ५२८ रुपैया पुगेको छ। 

त्यस्तै नेप्सेमा  शेखर इन्स्योरेन्स कम्पनीको सेयरमा १०२ रुपैयाले घटेर ९२४ रुपैया पुगेको छ। सेयर बजारमा डेभलमेण्ट बैंक सेक्टर, हाइड्रो पावर कम्पनी सेक्टर र फाइनान्स सेक्टरबाहेक अन्य सेक्टरमा ओरालो लागेको छ।
 

प्रकाशित मिति: : 2022-06-01 17:28:00

प्रतिकृया दिनुहोस्