बजेटले देशको आर्थिक संकट समाधान गर्छ : अर्थमन्त्री

File Photo
File Photo

अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको दाबी गरेका छन्।

राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले देशमा आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको दाबी गरेका हुन्।

‘मैले सुनिरहेको छु, देश संकटमा छ, देश ठूलो संकटमा छ। यो संकटलाई (बजेट)ले समाधान गर्दैन भन्ने प्रश्न उठिरहेको छ,’ उनले भने, ‘यदी संकटमा छ भने पनि यसको समाधान यही हो। यदी छैन भने पनि यसको समाधान यही हो। योभन्दा अर्काे समाधान छैन।’

देशको आर्थिक अवस्थालाई विचार गरेर नै बजेट ल्याइएको दाबी गरेका उनले नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर सबैको सुझावलाई समेटेर बजेट ल्याएको बताए।

जनताको माग र सुझावकै आधारमा बजेट निर्माण गरिएको भन्दै अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि संघीय संसदका सदस्य भूमिका रहने व्यवस्था गरिएको बताए। यसको नेतृत्व सरकारले नै गर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: : 2022-06-01 17:23:00

प्रतिकृया दिनुहोस्