पेट्रोलमा १० रुपैयाँ घटाउने तयारी, निगमको घाटा सरकारले बेहोर्ने

File Photo
File Photo

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटनाउने तयारी गरेको छ। त्यसका लागि अर्थ मन्त्रालयले पेट्रोल र डिजेलमा लिँदै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाउने निर्णय गरेको हाे।

अर्थ मन्त्रालयमा मंगलबार भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले १० रुपैयाँ पूर्वाधार घटाउने जानकारी गराएका हुन्।

मन्त्रालयले नेपाल आयल निगमलाई पेट्रोल र डिजलको मूल्य प्रतिलिटर १० रुपैयाँ तत्काल घटाउन निर्देशन दिएको छ।

अर्थमन्त्री शर्माले निगमलाई तत्काल इन्धनको मूल्य घटाउन निर्देशन दिएका छन्।

एक/दुई दिनभित्र पेट्रोल र डिजलको भाउ लिटरमा १० रुपैयाँ घट्ने गरी कार्य थाल्न  मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिएको हो।

प्रकाशित मिति: : 2022-06-01 10:45:00

प्रतिकृया दिनुहोस्