ललितपुरकाे महिला उद्यमी सम्मेलनमा जे देखियाे (तस्बिर र भिडियाे)

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकामा महिला उद्यमी सम्मेलन सम्पन्न भएकाे छ।

मगंलबार ललितपुर महानगर र यूएण्ड डिपीको सहयोगमा कुपण्डाेलस्थित हिमालयन होटलमा उक्त सम्मेलन सम्पन्न भएको हो।

महिला सशक्तिकरण र महिलाहरुले गरेको व्यवसायलाई प्रोत्सहान गर्ने उद्देश्यका साथ एक दिन सम्मेलनको आयोजना गरिएको हो।

सम्मेलनमा उपस्थित महिलाहरुले आफू गरेकाे व्यवसाय र उक्त व्यवसायबाट उत्पादित वस्तुहरू प्रदर्शनीमा राखेका थिए।

साेही क्रममा महिलाहरुले आफूले बनाएको अचार, कुसन, तथा घरायसी सामाग्रीहरू प्रदर्शनीमा राखेका थिए। सम्मेलनमा ब्युटी पार्लरदेखि कृषिसम्मको सामानहरुलाई राखिएको थियो।

महिलाहरु पुरुषहरुभन्दा कम नभएको र महिलाहरुले जुन व्यवसाय पनि गर्नसक्ने भएकाले थप उर्जा दिन सम्मेलन आयोजना आयाेजक बताउँछन्।

सो सम्मेलनमा ललितपुरका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख मन्जली शाक्य पनि उपस्थित थिए।

प्रमुख महर्जनले नगरबासीहरुलाई आफ्नो सहयोग सधैँ रहने र महिलाहरुले गरेको व्यवसायमा महानगरपालिकाले पूर्ण सहयोग गर्ने जानकारी दिए।

उनले महिलाहरुलाई विभिन्न खालका तालिमहरु दिने समेत बताएका छन्।

'हाम्रो महानगरपालिकाले विभिन्न प्रकारका तालिमहरु दिँदै आएपनि यसको रिजल्ट खासै राम्रो आएको छैन। किनभने आजकाल मानिसहरुलाई हातबाट बनाएको सामानहरुमा धेरै चासाे रा्ख्दैनन्। हामी अरु कुराहरुमा अगाडि रहे पनि यो कुरामा धेरे पछाडि रहेका छाैँ', उनले भने।

त्यस्तैगरी उपप्रमुख शाक्यले आफू पनि महिला भएको कारणले आफ्नो नगरका दिदीबहिनीहरुकाे उर्जा देख्दा एकदमै खुसी भएको बताउँछिन्।

प्रकाशित मिति: : 2022-06-01 16:59:00

प्रतिकृया दिनुहोस्