सांघाईवासीहरुको मानसिक स्वास्थमा प्रतिकुल प्रभाव पार्दैछ चीनको शुन्य कोभिड निति 

यस वर्षको मार्च महिना देखि नै चीनको औधोगिक र आर्थिक शहर सांघाईमा लकडाउन छ। 

यसै बिच शहर वासीहरु लामो समय घरभित्रै बस्नु पर्ने भएकाले मानसिक समस्या, डिप्रेसन र अन्य मानसिक रोगहरुबाट ग्रस्त हुँदै गएको पाइएको छ। 

प्रशासनले अस्पतालहरुलाई केहि मानसिक र मनोपरामर्श श्रोतहरु जुटाएपनि सांघाईमा यो पर्याप्त हुन सकेको छैन। सर्वत्र चीनको शुन्य कोभिड नितिले समस्त शहरलाई नै बन्द गरेको र त्यहाँका बासिन्दाहरुको नैसर्गिक अधिकारमाथि नै हनन भएको आरोपहरु आइरहेका छन्।

विश्व स्वास्थ रिपोर्टका अनुसार त्यहाँ भएको २ महिनाको लकडाउनले कामलाई ठप्प पारिदिएको छ। मान्छेहरुको सामाजिक प्रवृतिलाई घरभित्रै कारागारमा राखेको जस्तो भान गराउने यस्तो अमानविय कार्यले मानिसहरुमा एक्लोपना, डर, संक्रमणको त्रास, परिवारको माया, शोक, डिप्रशन र जीवन र जीवीकोपार्जनको चिन्ता झनै बढाएको छ।

विश्व स्वास्थ रिपोर्टका अनुसार सांघाईका स्वास्थकर्मीहरुमा नै पनि आत्महत्याको प्रवृति बढ्दो छ। विशेषज्ञहरुका अनुसार कोभिड नियन्त्रणका लागि पछिल्ला वर्षहरुमा भएका कदमहरुबाट चीनको नेतृत्वले केहि सिक्न सकेन।

विश्वभरि नै फैलिएको कोभिड १९ को एपीसेन्टरका रुपमा लिइएको चीनको वुहान शहरमा नै पनि लकडाउनको समयमा त्यहाँका मान्छेका मानसिक स्वास्थका लागि सरकारले लिएको कदमहरु र उपायहरु पर्याप्त पटक्कै थिएन। 

ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशीत कोभिडको प्रथम वेभमा संक्रमितहरुको बारेमा एउटा रिपोर्टका अनुसार चीनमा प्रथम बेभका क्रममा संक्रमित आधा भन्दा बढि मानिसहरुले अझै पनि त्रास, श्वाँसप्रश्वाँसमा समस्या, अधिक थकान र अनिन्दा्रको समस्या सामना गरिरहेका छन्।

यस रिपोर्टले चीनको प्रशासनले आफ्ना मान्छेहरुलाई कोभिडपछिका दिनहरुमा मानसिक स्वास्थ र कार्यशीलता अनि समग्र अर्थतन्त्रलाई नै टेवा दिने उत्पादकत्वमा सहभागी हुनका लागि तयार गर्न नसकेको पुष्टि गर्दछ।

बेइजिगंको चीन जापान मैत्रीपूर्ण अस्पतालका डाक्टरहरुले गरेको एक अध्ययनमा कोभिड शुन्य निति अन्र्तगत चीनले बढाएको लकडाउन र कडाईहरुलाई विश्वका अन्य देशहरुले खुकुलो पार्दै गएको आवागमनसंग तुलना गर्दै चीनको नितिलाई नै प्रश्न गरेको पाइयो। 

विशेषज्ञहरुका अनुसार सांघाई अहिले मानसिक रोगीहरुको सुधार केन्द्र जस्तो भएको छ, मानिसहरु सामान किन्न बाहिर जान सक्दैनन, साथीभाई भेट्न र काम गर्न जान पाँउदैनन अनि आफ्नो परिवार र साथीभाइको मृत्युको शोक मनाउन बाहिर निस्केमा पनि प्रशासनले सजाय दिन्छ।

चीन एउटा अधिनायकवादी नेतृत्वमा छ, यसले विश्वका अन्य देशहरु र विज्ञहरुको विज्ञतालाई स्वीकार गर्दैन र सबैकुरा आँफैले मात्र जानेको छ भन्ने बिश्वास गर्दछ भनी विशेषज्ञहरुले टिप्पणी गरेका छन्। 

अरुहरुका अनुसार चीन अहिले मिडिया शटडाउनमा छ, कसैले पनि सिजिगंपिंगको नेतृत्व विरोधी या शुन्य कोभिड निति ले गर्दा आफुमा परेको प्रतिकुल प्रभाव मिडियामा प्रकाशन गर्न पाँउदैनन। आफ्ना जनताहरुको पीडामा चीनको नेतृत्वलाई कुनै दिलचस्पी नै छैन।

नेतृत्व केवल चीनको सिवश्वव्यापी छवी र बजारमा मात्र केन्द्रित छ। आफ्ना मान्छेहरुप्रति चीनको नेतृत्वको धारणा त उहिगुर मुसलमान र टर्कि भाषा बोल्ने चीनका अन्य मुसलमान समुदायप्रतिको दमनले नै स्पष्ट पारिदिएको छ। 

स्वास्थ क्षेत्रका राष्ट्रसंघका विज्ञ एक कर्मचारीका अनुसार कोभिडको मुद्धा आइसिंग अन द केक भएको छ। जनस्वास्थको हिसाबले यसरी अनावश्यक लकडाउन गर्नु असाध्यै नराम्रो निर्णय हो, उनले बताए। 

चीनले अब भाइरससंग बाँच्न सिक्नुपर्नेमा यसरी लकडाउन झनै कडाइ गरेर त्यहाँका मान्छेहरुलाई थप मानसिक स्वास्थको जोखिममा हालिरहेको छ। 

चीनको सर्च इन्जिन बाइडुका अनुसार गत अप्रिल महिनामा चीनमा सर्वाधिक धेरै मनोसामाजिक परामर्शका कुराहरुबारे सर्च गरिएको छ। पछिल्ला ३० दिनमा मनोसामाजिक परामर्शका उपयाहरु सर्च गर्ने व्यक्तिहरुको सख्याँमा २५३ प्रतिशतले वृद्धि भएको हो।

चीनको नेतृत्वका लागि यस डाटाले एउटा वेकअप कलको काम गर्न सकोस्।

प्रकाशित मिति: : 2022-05-30 13:01:00

प्रतिकृया दिनुहोस्