पुटिनद्वारा फ्रान्स र जर्मनी नेतासँग छलफल

file photo
file photo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गरेका छन्।

उनले त्यस वार्तामा युक्रेनका विषयमा कुराकानी गरेको बताइएको छ। साथै उनले विश्वमा हाल देखा परिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गरेको समाचारमा जनाइएको छ।

शनिबार रुसी राष्ट्रपति पुटिनले उनीहरुसँग फोनमा कुराकानी गरेको मस्कोबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले युक्रेनको पछिल्लो अवस्था र विशेषगरी युक्रेनमा रुसले गरेको सैन्य कारबाहीबारे जानकारी गराएका थिए।

उनले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाहीका क्रममा अन्तर्राष्ट्रिय कानुनका साथै अन्य मूल्य मान्यताहरु पनि पालना गरेको जानकारी दिएका थिए।

प्रकाशित मिति: : 2022-05-29 14:06:00

प्रतिकृया दिनुहोस्