भारतको बिहारमा विषाक्त मदिरा सेवन गर्दा १३ जनाको मृत्यु 

Symbolic photo
Symbolic photo

भारतको बिहार राज्यस्थित औरन्गावाद र गया जिल्लामा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

विषाक्त मदिरा सेवन गरेका कैयौं व्यक्तिलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ। मदिराले गाउँमा शोक निम्त्याएपछि प्रहरी प्रशासन तातिएको छ।

विषाक्त पदार्थ मिसाए मदिरा बिक्री–वितरण गर्ने ७० व्यक्तिलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। साथै, मदनपुर क्षेत्रको खिरियावां गाउँका शिव साव, अनील शर्मा, प्रमोद ठाकूर, राहुल मिश्रा, सुरेश ङ्क्षसह, दिलेश्वर महतो, रामजी यादवको मदिरा सेवनले मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

स्थानीयका अनुसार उनीहरू मदिरा सेवन गरेपछि आ–आफ्नो घरमा पुगेका थिए। विषाक्त सेवन गरेका कैयौंको स्थिति गम्भीर रहेको चिकित्सकले बताएका छन्।

बिहारमा मदिरा प्रतिबन्ध लगाइएको छ। तर झारखण्डको सीमा जिल्ला औरंगाबादबाट अवैध मदिरा आउने गरेको स्थानीयहरू बताउँछन्। दर्जनौं व्यक्तिको मृत्यु भएपछि विषाक्त मदिरा रोक्न प्रहरीले कडा निगरानी चलाइरहेको छ।

प्रकाशित मिति: : 2022-05-26 16:40:00

प्रतिकृया दिनुहोस्