भेरीगंगामा प्रादेशिक विमानस्थल बनाइने

File photo
File photo

सरकारले सुर्खेतको भेरीगंगा रामघाटमा प्रादेशिक विमानस्थल बनाउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत रामघाटमा प्रादेशिक विमानस्थल बनाउने जानकारी दिएकी हुन्।

विभिन्न मुलुकमा नेपाली हवाई सेवा कम्पनीले सेवा प्रवाह गर्नका लागि सरकारले सम्झौता गर्ने पनि उनले बताएकी छन्। आर्थिक वर्ष २०८०/०८१ देखि निर्माण सुरु गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा तयार गरिने पनि भण्डारीले बताइन्।

आगामी वर्ष चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगन्ज र धनगढीमा रहेको विमानस्थलमा सुविधाजनक टनेल निर्माण गर्ने, हवाई सेवालाई विस्तार र गुणस्तरीय बनाउने, हवाई क्षेत्रका सम्पूर्ण नियमहरु परिपालना गराउँदै अन्तर्राष्ट्रिय उडानका लागि नेपालका हवाई कम्पनीहरुको क्षमता अभिवृद्धि गर्ने नीति पनि सरकारले लिएको छ।

प्रकाशित मिति: : 2022-05-24 17:34:00

प्रतिकृया दिनुहोस्