फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाइने

file photo
file photo

सरकारले तराई मधेश–काठमाडौं फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाउने भएको छ। 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समयमै फास्ट ट्रयाकको काम सक्नेगरी कार्य अघि बढाइने जानकारी दिइन्। 

२०८१ सालभित्र फास्ट ट्रयाक सक्ने सरकारले लक्ष्य लिएको छ। जिल्ला सदरमुकाम जोड्ने सडकलाई चारलाइनमा विस्तार गरिने उनले बताइन्।  
काठमाडौंका सम्भाव्य स्थानमा फ्लाइओभर निर्माण गरिने सरकारको आगामी नीति तथा कार्यक्रममा समेटिएको छ।  

प्रकाशित मिति: : 2022-05-24 17:13:00

प्रतिकृया दिनुहोस्