संस्कारी चोरः पहिले पूजा अनि चोरी

भारतको केरलास्थित एउटा शहरमा ‘संस्कारी चोर’को चोरी काण्डले जताततै तहल्का पिटेको छ।

चोरहरूले एउटा वित्तीय संस्था चोर्नुअघि विधिवत पूजा गरेको विषयलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाक बनाइरहेका छन्। कतिपय मानिसहरूले ‘संस्कारी चोर’ पनि भनेका छन्।

घटना केरलाको कोल्लम जिल्लाको हो– जहाँ पटनापुरम बैंकर्स नामको एक निजी वित्तीय फर्ममा लुटपाट भएको थियो। चोरहरूले चोर्नुअघि लकरमा रक्सी र सुपारी राखेर पूजा गरेका छन्। त्यसपछि उनीहरूले लकर तोड्छन् अनि ३० लाखका गरगहना र चारलाख रुपैयाँ लुटेका छन्।

लगतै संस्थाले धनमाल चोरिएको उजुरी दिएपछि प्रहरी घटनास्थलमा पुग्छ र अनुसन्धान थालेको छ।

चोरहरूले सुपारीको पातमाथि देवताको तस्विर पनि राखेका छन्। रक्सीको बोतल र सुपारीसहित एउटा भाला पनि फेला पारेको छ। त्यसलाई चुनाले छोपिए पहेँलो पातले बाँधिएको छ।

भारतीय प्रहरीका अनुसार घटनास्थलमा रोचक पोस्टर पनि भेटिएको छ, जहाँ लेखिएको छ– म खतरानाक छु, मेरो पछि नलाग्नुहोस्। चोरहरूले लकरभित्र राखेको एक सय तोला सुन र नगद लिएर फरार भएका छन्।

प्रकाशित मिति: : 2022-05-23 15:53:00

प्रतिकृया दिनुहोस्