सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि

File photo
File photo

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ।

त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २७० रुपैयाँ रहेको छ। शुक्रबार पनि चाँदी साेही मूल्यमा कारोबार भएको थियो। 

प्रकाशित मिति: : 2022-05-22 14:45:00

प्रतिकृया दिनुहोस्