अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघको निन्दा

file photo
file photo

अल जाजिराका पत्रकारको हत्यामा  संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ। 

अल जाजिराका पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो। इजरायली सेनाको कारबाहीको समाचार संकलन गरिरहेका बेला उनको गोली हानी हत्या भएको थियो।

उनका अर्का एकजना साथी उक्तनगोली प्रहारबाट गम्भीर रुपमा घाइते भएका छन्। 

जेलिनमा इजरायली सैनिकले गरेको अपरेसनको समाचार संकलन गरिरहेका बेला जेलिनमा उनको हत्या भएको थियो। त्यस हत्याको कडा शब्दमा निन्दा गर्दै यस हत्यामा संलग्नहरुलाई कारबाही गर्न माग गरिएको छ। समाचार संकलनका लागि खट्ने पत्रकारको सुरक्षा हुनुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ।


 

प्रकाशित मिति: : 2022-05-14 15:03:00

प्रतिकृया दिनुहोस्