शेख खलिफाको निधन, शोकमा डुब्यो यूएई

संयुक्त अरब इमिरेट्सका राष्ट्रप्रमुख तथा अबूधाबीका राजा शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ। ७३ वर्षको उमेरमा उनको निधन भएको हो। 

पछिल्लो समय मस्तिष्काघात भएपछि उनी सार्वजनिक सभा–समारोहमा विरलै देखिन्थें। केही महिनायता अस्वस्थताका कारण राजाको उपचार भइरहेको थियो।

शेख सन् २००४ देखि यूएईको राष्ट्रप्रमुख र अबूधाबीको राजा बनेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार उनको आज शुक्रबार निधन भएको हो। 

निधनपछि यूएई, साउदी अरब र कैयौं इस्लामिक राष्ट्रका शासकहरूले समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ।

८३० अर्ब अमेरिकी डलरका मालिक

फोर्ब्सका अनुसार शेख खलिफा बिन जायद अल नाह्यानको कूल सम्पत्ति ८३० अर्ब अमेरिकी डलर छ। यो रकम पाकिस्तानको कूल बजेटभन्दा १८ गुणा बढी हो। पाकिस्तानको वार्षिक बजेट ४५ अर्ब डलरको हाराहारीमा छ।

बुवाको निधनपछि यूएईको कमाण्ड सम्हाले

शेख खलिफा बिन जायद अल नाह्यानलाई उनका पिता शेख जायद बिन सुल्तान अल नाह्यानको मृत्युपछि युएईको कमाण्ड सल्हालेका थिए। शेख जायद बिन सुल्तान अल नाह्यान सन् १९७१ मा युएईको पहिलो राष्ट्रपति बनेका थिए।

उनको सन् २००४ ताका मृत्यु भएको भयो। सन् १९४८ मा जन्मेका शेख खलिफा यूइईको दोस्रो राष्ट्रपति र अबूधाबीको इमिरेट्सका १६औं शासक थिए। उनी शेख जायदका जेठा छोरा हुन्।

यूएईको विकासमा शिखर पुरुषका रुपमा चिनिन्छन

संयुक्त अरब इमिरेट्सको राष्ट्रपति बनेदेखि शेख खलिफा बिन जायद अल नाह्यानले यूएई र अबूधाबीमा ठुल्ठूला सुधारहरू गरेका छन्।

उनको शासनकालमा संयुक्त अरब इमिरेट्समा विकासको लहरले तीव्र गति लियो। उनको स्वीकृतिपछि युएईले इस्लामिक राष्ट्रहरूको कट्टर दुष्मन इजरायलसँग पनि मित्रता कायम गर्यो। उनले यूएईमा रहेका विदेशी कामदारको हितमा कानून बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

सातवटा प्रान्तका राजालाई एकै स्थानमा भेला गराउने यूएईको संघीय परिषद्को बैठक राष्ट्रप्रमुख चुन्नका लागि यसै महिना बस्ने छ।

प्रकाशित मिति: : 2022-05-13 22:47:00

प्रतिकृया दिनुहोस्