हामीलाई कुनै चुनौती छैन, जनता हाम्रा भगवान हुन्– खिमलाल भट्टराई (अन्तर्वार्ता)

Breaknlinks
Breaknlinks

स्थानीय तहको माहाेल जताततै तातिएकाे छ। देश चुनावमय बनेकाे छ।

रूपन्देहीलगायत लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले चुनावी अभियान तीव्र पारिरहेकाे छ। चुनावमा एमालेले गठबन्धन दललाई पछि पार्ला वा एमाले आफै पछि पर्ला? यसै सन्दर्भमा रहेर एमालेका पोलिटव्यूरो सदस्य, लुम्बिनी प्रदेशका सह–इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईसँग बिएल नेपाली सेवाका लागि नरेश चौधरीले कुराकानी–


चुनाव आउन अब मात्र ४ दिन मात्रै बाँकी छ, चुनावी माहोल कस्तो छ ? 

चुनावी माहोल देशव्यापी रूपमा नेकपा (एमाले)को पक्षमा छ। पार्टीले लिएको नीति, सिद्धान्त, कार्यक्रम र नेतृत्वलाई जनताले अनुमोदन गरेको अवस्था छ। विगतमा हाम्रो पार्टी सरकारमा हुँदा गरेका विकासका कार्यहरूलाई जनताले असाध्यै मन पराउनुभएको छ। भविष्यमा पनि यही पार्टीले देश र जनताका लागि केही गर्छ भन्ने जनतालाइ आशा र विश्वास छ।

स्थानीयस्तरको कुरा गर्ने हो भने सैनामैना नगरपालिकामा हामीले चुनाव जितिसकेका छौं। मतदानको औपचारिकता मात्रै  बाँकी छ। हाम्रो उम्मेदवारहरू विकासका रोल मोडल हुनुहुन्छ र प्रतिबद्धताहरू सैनामैनाको विकास र शहरीकरण तर्फको गतिशील यात्रा हो। जनताले असाध्यै मन पराउनुभएको छ।

विभिन्न दलहरू गठवन्धन गरेकाछन्, गठबन्धनको तपाईहरूलाई कत्तिको चुनौति छ ?

गठवन्धनमा रहेका दलहरूभित्रै गम्भीर समस्या छ। एक्लाएक्लै भोट माग्न थालेको सुनिएको छ। हतास मनास्थितिमा छन्, उनीहरू। देशव्यापी रूपमा सूर्यको पक्षमा जनलहर देखेर वर्वराउन थालेका छन्।

जनताको अभूतपुर्व साथ समर्थन हाम्रो पार्टीको पक्षमा उर्लिएबाट गठवन्धन नेताहरूको सीतित झुण्डमा बदलिएको छ। हामीले कुनै चुनौति ठानेका छैनौं। सैनामैनामा पनि स्थिती त्यही नै हो। सैनामैनामा जनताको समर्थन र अगाध स्नेह हामीलाई प्राप्त छ। 

उसो भए रूपन्देहीमा एमालेले कतिवटा पालिका जित्छ ? गठबन्धनलाई पराजित गर्न सक्नुहुन्छ ?

रूपन्देहीमा गज्जव भइरहेको छ। १६ वटै पालिकामा कमरेडहरू उत्साहका साथ चुनावी मैदानमा खडा हुनुहुन्छ। जनतामा अपार उत्साह छ। सबै पालिकामा नेकपा एमाले  अगाडी रहेको रिपोर्ट छ। यसपटक यहाँ गठबन्धन 'क्लिनस्वीप' हुन्छ।

अनि लुम्बिनी प्रदेशका अरू जिल्लाहरूको अवस्था के छ ?

लुम्बिनी प्रदेशका एकाध जिल्लामा अल्ली बढी प्रतिस्पर्धा विभिन्न कारणले खासगरी रोल्पा रूकुम जस्ता जिल्लाहरूमा यद्यपि ती जिल्लाहरूमा पनि कार्यकताहरूको उत्साह र जनताको समर्थनमा कमी छैन अन्य जिल्लाहरूमा २०७४ सालको परिमाणसङ्गै थप पालिकाहरू जितिने अवस्था छ। यस प्रदेशमा नेकपा एमाले ७० प्रतिशत  पालिका विजयी गरेको शक्तिशाली पार्टीको रूपमा स्थापित भएर अगाडी बढ्दै छ।

गठवन्धन पछि सम्मै लम्ब्याउने भनेका छन् एमालेलाई त निरन्तर चुनौति हुने भो नि ?

गठबन्धनलाई फरकफरक पार्टीको रूपमा हेर्न अब जरूरत छैन यो नेपाली काङ्ग्रेस गठबन्धन भनेर नयाँ पार्टीको रूपमा अगाडी बढदा देशका लागि पनि राम्रो हुन्छ। जनताको समर्थन गुमाएकाहरू एकठाउमा जुटेका छन्। हामीलाइ कुनै चुनौती छैन्। जन समर्थन हामीलाई छ। जनता हाम्रा भगवान हुन्।

प्रकाशित मिति: : 2022-05-10 21:30:00

प्रतिकृया दिनुहोस्