श्रीलंका संकट : राजापाक्षे परिवारको घरमा आगजनी

Dinuka Liyanawatte/Reuters
Dinuka Liyanawatte/Reuters

राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन्।

प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन्।

प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए। तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए।

प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन्। झडपमा सत्तारुढ दलका सांसदको मृत्यु भएको छ। झडपमा सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको हो।

प्रकाशित मिति: : 2022-05-10 05:58:00

प्रतिकृया दिनुहोस्