श्रीलङ्कामा भिडन्त हुँदा सांसदसहित दुई जनाको मृत्यु

Dinuka Liyanawatte/Reuters
Dinuka Liyanawatte/Reuters

श्रीलङ्कामा भएको हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन्।

सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ। सांसद्ले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,’ एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन्।

कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन्।

प्रकाशित मिति: : 2022-05-09 23:20:00

प्रतिकृया दिनुहोस्