सुनको मूल्य ९८ हजार रुपैयाँ

File photo
File photo

सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ। बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ। बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-05-06 11:14:00

प्रतिकृया दिनुहोस्