हरेक पाँचमध्ये एउटा घर्सने प्राणी लोप हुने खतरामाः अध्ययन

BBC
BBC

हरेक पाँचमध्ये एउटा घर्सने प्राणी लोप हुने खतरामा छन्। विश्वभरका १० हजारभन्दा बढी प्रजातिहरूको पहिलो बृहत मूल्यांकनपछि यस्तो विवरण सार्वजनिक भएको हो।

वैज्ञानिकहरूले विशेष गरी डरलाग्दो अवस्थामा रहेका गोही र कछुवाहरूका लागि तत्काल संरक्षण गर्न आह्वान गरेका छन्।

वैज्ञानिकहरूका अनुसार सरीसृपहरूलाई संरक्षणमा लामो समयदेखि बेवास्ता गरिएको छ किनकी तिनीहरू भुत्ला र प्वाँख भएका प्राणीहरूभन्दा कम आकर्षक देखिन्छन्। अहिलेसम्म ३१ प्रजाति लोप भइसकेका छन्।

नेचरमा प्रकाशित उक्त अध्ययन कार्यका लागि रकम जुटाउन समस्या भएकाले अध्ययन सम्पन्न हुन १५ वर्षभन्दा बढी समय लागेको थियो।

‘धेरै मानिसहरूका लागि सरीसृपहरू आकर्षक हुँदैनन् र संरक्षणका लागि ढाड तथा धेरै भुत्ला भएका र प्वाँखयुक्त प्रजातिहरूमा ध्यान केन्द्रित भएको देखिन्छ’, नेचरसर्भको अन्तर्राष्ट्रिय प्रकृति संगठनका डा. ब्रुस योङले भने।

वैज्ञानिकहरूका अनुसार न्यून प्रचारबाबजुद चिसो रगत भएका र ढाड भएका प्राणीले जीवनको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छन्। 


 

प्रकाशित मिति: : 2022-05-04 12:37:00

प्रतिकृया दिनुहोस्