बसमा बम विष्फोट गराएको आइएसको दाबी

File photo
File photo

इस्लामिक स्टेट्स (आइएस) समूहले आइतवार अफगानिस्तानको राजधानीमा एक महिलाको मृत्यु हुने गरी यात्रुबसमा भएको बम आक्रमणको जिम्मेवारी लिएको छ।हालै जारी रहेको रमजान उपवास महिनामा गएको दुई हप्तायता भएका घातक आक्रमणहरूमा परी दर्जनौं व्यक्ति मारिनुको साथै घाइते भएका समाचारमा जनाइएको छ। 

राजधानी काबुलमा भएको बस आक्रमणमा परी एक महिलाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका यहाँँको प्रहरीले जनाएको छ। गत शुक्रबारको मस्जिदमा भएको बम विष्फोटको जिम्मा कुनै समूहले लिएको छैन, तर बसमा भएको आक्रमणको जिम्मेवारी आइएसले लिएको छ।

विशेष गरी सुन्नी बहुल्लता रहेको स्थानमा अफगानिस्तानको अल्पसंख्यक शिया र सुफी समुदायहरूलक्षित हालैका हप्ताहरूमा भएका बम विस्फोटनलगायतका आक्रमणहरूको आइएस समूहले दाबी गर्दै आएका छन्। तालिबान अधिकारीहरूले आफ्नो सेनाले आईएसलाई पराजित गरेको दाबी गर्दै आएका छन्। तर विश्लेषकहरूले जिहादी समूह प्रमुख सुरक्षा चुनौती रहेको बताउँदै आएका छन्।

यसैबीच काबुल प्रहरीले रमजानको अन्त्य भएको इद अल–फित्र बिदामा “सुरक्षा सुनिश्चित गर्ने“ वाचा गरेको छ।।  

प्रकाशित मिति: : 2022-05-01 14:57:00

प्रतिकृया दिनुहोस्