आईपीएलमा दिल्लीले कोलकातालाई हरायो

कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित  निकालेको छ।

बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे।  दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ४२ रन जोडे। रोभम्यान पावेलले ३३ रनको योगदान गरे । कोलकाताका उमेश यादवले ३ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएकाे थियाे । कोलकाताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए। कप्तान श्रेयस एयरले ४२ रनको योगदान गरे।

दिल्लीका कुलदीप यादवले ४  र मुस्ताफिजुर रहमानले ३ विकेट लिए।

जितसँगै दिल्ली ८ खेलमा ८ अंक जोडेर  छैटौं स्थानमा  छ। कोलकाता ९ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ।

प्रकाशित मिति: : 2022-04-29 06:47:00

प्रतिकृया दिनुहोस्