शनिबार, १२ जुलाई २०२५

महासङ्घ स्थापना दिवसमा रक्तदान

बिएल संवाददाता

बिएल संवाददाता

सुर्खेत
2022-04-28 17:21:00
file photo
• • •

नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको २९औँ स्थापना दिवसका अवसरमा रेडक्रस सोसाइटीसँगको समन्वयमा आज वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। 

महासङ्घले बुधबार पत्रकारहरूको निःशुल्क आँखा परीक्षण र रक्तदानसँगै मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको थियो। महासङ्घ शाखा अध्यक्ष ललित बसेलले १२ पत्रकारले रक्तदान गरेको बताए।

उनका अनुसार रक्तदान गर्ने पत्रकारमा सुशील खड्का, ललित बुढा, टेकेन्द्र विश्वकर्मा, पुनम बिसी, दीपक बुढा,विनोद लम्साल, सिर्जना बुढाथोकी, वीरबहादुर रावत, रमेश शाही, मालती विक, लिलिता विक र हिमा उपाध्यायरहेका थिए।

दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टिम विजयी भएको छ। कर्णाली खेलकुद परिषद्को टिमलाई हराउँदै पत्रकारको टिम विजयी भएको हो। पहिलो खेलमा जित निकालेको परिषद्ले लगातार दोस्रो र तेस्रो सेटमा हार व्यहोरेको थियो।

अध्यक्ष बसेलले महासङ्घ तीनदिने कार्यक्रमअन्तर्गत भोलि (शुक्रबार) पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?