राष्ट्रिय पौडी प्रतियोगिता यसै महिना

नेपाल पौडी सङ्घको आयोजनामा २४औँ खुला तथा उमेर समूह पौडी प्रतियोगिता हुने भएको छ। यही वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिताको खेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ। 

प्रतियोगितामा कूल २३ विधामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष अशोक बज्राचार्यले बताए। उनका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी करिब १५० खेलाडीको सहभागिता रहने छ। 

प्रतियोगिता हङ्गेरीमा हुने १९औँ विश्व पौडी प्रतियोगिता, पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा हुने एसियन गेम्सलाई  मध्यनजर गरी आयोजना गर्न लागिएको सङ्घले बताएको छ।

यस प्रतियोगितामा १९औँ विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एसियाली खेलका लागि पहिलो चरणको छनोट प्रतियोगितासमेत रहेको सङ्घले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-28 16:52:00

प्रतिकृया दिनुहोस्