सुनको मूल्य ९८ हजार रुपैयाँ

सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ। चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-04-28 11:25:00

प्रतिकृया दिनुहोस्