सुनको मूल्य ताेलाकाे ९९ हजार रुपैयाँ

File photo
File photo

सुनको भाउ बुधबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ। मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ। मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ४० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-04-27 11:13:00

प्रतिकृया दिनुहोस्