सकियाे आईएमई–पे क्यान इन्फोटेक सम्मेलन

यही वैशाख ७ गतेदेखि सुरु भएको २७औँ ‘आईएमई–पे क्यान इन्फोटेक’ सम्मेलन सकिएकाे छ।

विभिन्न डिजिटल सामानहरूकाे बिक्री वितरण तथा नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले सञ्चालन गरिएकाे सम्मेलन सफलतापूर्वक आज (साेमबार) सकिएकाे हाे। काेराेना महामारीका कारण दुई वर्षदेखि हुन नसकेकाे सम्मेलन यसटक सफलतापूर्व सम्पनन्न भएकाे आयाेजक कम्युटर एसाेसियन अफ नेपालले बताएकाे छ।

सम्मेलनमा अपेक्षाअनुसार मानिसहरूकाे सहभागीता रहेकाे उसकाे दाबी छ। सम्मेलनको अन्तिम दिन आफूहरूले अपेक्षा गरेअनुसार मानिसहरु आएको र सम्मेलन एकदमै सन्ताेषजनक भएकाे क्यानका उपाध्यक्ष रञ्जितकुमार पाेडारले बिएल नेपाली सेवाई जानकारी दिए।

इन्फोटेकको शीर्ष प्रायोजन आईएमई–पेले गरेको थियो भने सह–प्रायोजन एससीटी स्मार्ट क्युआर युनियन–पेले गरेको थियो। सम्मेलनमा विभिन्न डिजिटल सामानहरु बिक्रीको लागि १ सय ७० वटा स्टल राखिएको थियाे।

जसमा डिजिटल प्लाटफर्मका अत्याधुनिक सामाग्रीहरुको बिक्री वितरणको लागि राखिएको थियो। इन्फोटेकको प्लाटिनम प्रायोजक वर्ल्डलिंक कम्युनिकेसन, डायमण्ड प्रायोजक डिस होम फाइबरनेट, गोल्ड प्रायोजकमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड रहेका थिए।

त्यसैगरी सिल्भर प्रायोजकमा नमस्ते–पे, डिजिकम, एस पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज र टेकमिन्ट रहेका थिए।

सम्मेलन सफलतामा साथ दिएकाेमा यी सबै सहयाेगीहरूलाई आयाेजकले धन्यवाद दिएकाे छ।

प्रकाशित मिति: : 2022-04-25 17:15:00

प्रतिकृया दिनुहोस्