कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै

कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै गएका छन्। आर्थिक वर्ष २०७८र०७९ को तथ्यांकअनुसार यस वर्ष कर्णालीमा ३२ जना औलोका बिरामी भेटिएका छन्। यो विगतका वर्षको तुलनामा निकै कम हो।

आर्थिक वर्ष २०७८र०७९ मा कर्णालीमा ३२ जनामा औलो रोग देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्याम आचार्यले बताए। ‘नेपालमा औलोका बिरामी प्राय भारतबाट फर्कनेमा देखा पर्ने गरेको छ।’ उनले भने, ‘कर्णालीका हिमाली जिल्लामा स्थानीयस्तरमा औलो रोगका बिरामी फेला परेका छन्।’

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार सबैभन्दा धेरै औलोका बिरामी सुर्खेतमा रहेका छन्। प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा १४ जना औलोका बिरामी फेला परेका छन्। हुम्लामा पाँच, मुगुमा ६, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुम पश्चिममा एक जना औलोका बिरामी फेला परेका छन्। 

जाजरकोट, जुम्ला र सल्यानमा भने औलोका बिरामी नरहेको कार्यालयको भनाइ छ। सन् २०२५ सम्म नेपाललाई पूर्ण औलोमुक्त बनाउने सरकारको राष्ट्रिय रणनीति अनुसार सन् २०२२ सम्म औलोबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यअनुसार कार्यालयले काम गरिरहेको छ।
 

प्रकाशित मिति: : 2022-04-25 16:12:00

प्रतिकृया दिनुहोस्