ललितपुरकाे सगरमाथा अक्सिजन प्लान्ट विस्फोट, १ जनाको मृत्यु (लाइभ)

शनि शाक्य

काठमाडौं

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। भने ६ जना घाइते भएका छन्।

ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए।

घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए। घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ।

विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओेधोगिक क्षेत्रमा रहेको छ।

विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो।

सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ। 

गृहमन्त्रीले दिए ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न निर्देशन

ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा भारतीय नागरिककाे मृत्यु

प्रकाशित मिति: : 2022-04-21 11:06:00

प्रतिकृया दिनुहोस्